June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

चार सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको