नेप्सेमा थप २२ अंकको गिरावट
सेयर बजार परिसूचक नेप्सेमा थप २२ अंकको गिरावट आएको छ । केही कम्पनीको शेयरमुल्य बढेको छ । बुधबार सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले धेरै कमाएका हुन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ०८ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिन १६ अंकले घट्दै २८ सय ३५ विन्दुमा अडिएको नेप्से आज बुधबार थप २२.०६ अंकले घट्दै २८ सय १३.५२ अंकमा झरेको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार २२ अंकले घटेको बजारमा जम्मा तीन अर्ब ४७ करोड ११ लाखको मात्र कारोबार भएको हो ।

अघिल्लो दिन १६ अंकले घटेको बजारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।यस दिन नेप्सेको सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।
प्रतिकृया दिनुहोस्