February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन गर्दै समृद्धि फाइनान्स

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।फाइनान्सले २ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको