नेप्सेमा आज १६ अंकको गिरावट,६ अर्ब बढीको कारोबार

stock market falling

नेप्सेमा आज १६ अंकको गिरावट आएको छ । मंगलबार ६ अर्ब बढीको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६ अंकले घट्दा ६ अर्ब बढीको शेयर कारोबार भएको छ ।

नेप्से परिसुचक आज १६ दशमलव ३० अंकले घटेर २८ सय ३५ दशमलव ५८ विन्दुमा थामिएको छ ।त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८२ अंकले घटेर ५३२ दशमलव ४९ विन्दु कायम भएको नेप्सेले जनाएको छ ।

साताको कारोबारको तेस्रो दिन आज २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।