February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला९०० रुपैयाँले घटेको हो । 

आज छापावाला सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो । 
 

शीर्ष समाचार

धेरै पढिएको