December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

फेरि बढ्यो सुनको भाउ, तोलाको ९८ हजार ६ सय

काठमाडौं, साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा  आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला  १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।

आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन  ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको