April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

प्रतितोला ४०० रुपैयाँँले बढ्यो सुनको मुल्य

काठमाडौं, बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुन प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार १ सय तोकिएको थियो । चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको