
काठमाडौं, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







