
काठमाडौं, शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि वृद्धि भएको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ ।
यसदिन उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ ।
यसैगरी आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







