January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

९०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला  ९३ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको