April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

प्रतितोला ४०० रूपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, पछिल्लो केही दिनयता सुनको मुल्य लगातार घटेको छ । विहीबार पनि सुनको मुल् प्रतितोला ४०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम थियो ।

यसदिन चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ५० रूपैयाँमा खरिदबिक्री भएको चाँदीको मूल्य आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँ कायम छ ।
 

शीर्ष समाचार

धेरै पढिएको