August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

९२ अंकले बढ्यो शेयर बजार

काठमाडौं, बुधबार शेयर बजार वृद्धि भएको छ । नेप्से आज ९२ दशमलव १६ अंकले बृद्धि भएर २५ सय ७ दशमलव ७० विन्दु कायम भएको छ ।

यसदिन यस्तै सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ७४ अंकले बढेर ४७७ दशमलव २६ विन्दुमा रोकिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३३ कम्पनीको ५५ हजार ९९७ पटक कारोबार भएर ४ अर्ब ५२ करोड ३३ लाख ८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर खरिद विक्रि भएको छ ।

यसैगरी आज सम्पुर्ण सुचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समुहको ८ दशमलव २३ प्रतिशतले बृद्धि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको