April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

पाँच वर्षमा तीस अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं, चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्बको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा रु १५ करोडका दरले चार उद्योगमा रु साठी  करोड लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ ।

ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा रु पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा रु ४५ करोड लगानी आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको