
काठमाडौं, बुधबार नेपाली बजारमा सुन चाँदीको मुल्य बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार यसदिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।







