January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

नेप्सेमा आज पनि उच्च अंकको पहिरो

काठमाडौं, २७ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आउने क्रम आज पनि जारी रह्यो । नेप्सेमा आज ७९ अंकको गिरावट आएको हो ।

नेप्से सोमबार ७९ दशमलव २३ अंकले घटेर परिसुचक २२ सय ७७ दशमलव ८७ विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४७ अंकले घटेर ४३७ दशमलव ५९ विन्दुमा रोकिएको छ ।

आज २३३ कम्पनीको ६२ हजार ८ सय ९ पटक कारोबार भएर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँ बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको