May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

७२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, आज साताको पहिलो दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा ह्वात्तै घटेको छ । नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ भने आइतबार पनि कारोबारमा गिरावट आएकोछ ।

आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आइतबार कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ । यसदिन १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ ।

त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।

आइतबार समग्र शेयर बजार ओरालो लागेपनि न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको