December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

झन्डै १२ अंकले घट्यो सेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं, आज कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ अंकमा झरेको छ । अघिल्लो चार दिन लगातार बढेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि घटेको थियो ।

नेप्से घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा पुगेको छ । आज २२५ कम्पनीको चार अर्ब ३५ करोड ७३ लाख रुपियाँ बराबरको ७८ लाख ९४ लाख ४६८ कित्ता सेयर निकबेच भएको छ ।

यसदिन कारोबारमा आएका जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अंकले बढे । बैंकिङ ५, ब्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैंक ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रोफाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अंकले घटे ।

समग्र बजार घट्दा ६२ कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो । दुई कम्पनीहरु नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको