December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

कर छली र चुहावटविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने प्रतिबद्धता

file photo

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताएका छन् । बुधबार दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । साथै, मन्त्री शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताएका छन् ।

उनले भने, “करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्नुपर्छ ।”

व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उनले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए । उनले भने, “भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दुःख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ ।”

शीर्ष समाचार

धेरै पढिएको