December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से ६९.२२ अंकले बढेर १७ सय ८४.५७ विन्दुमा पुगेको हो ।

यसदिन २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड मूल्य बराबरमा खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ७३ करोड मूल्यमा सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएका १३ समूहको परिसूचकमा आज हरियाली छाएको छ । अन्यको सर्वाधिक ५.९५ र जलविद्युत समूहको ५.३९ प्रतिशतले सेयर मूल्य बढेको हो

यसैगरी वित्त समूहको सेयर मूल्य ३.२१ प्रतिशतले बढेको छ भने विकास बैंकको २.०२, होटल तथा पर्यटनको २.१४ र व्यापारको २.०४ प्रतिशतले मूल्य बढेको छ र बाँकी अन्य समूहको पनि हिजोको तुलनामा मंगलबार सेयर मूल्य बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको