
काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।







