
काठमाडौं, साहस ऊर्जा लिमिटेडले आइतबार सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ । यहीँ असोज ६ गतेबाट १० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर आज बिहान ९ बजे बाँडफाँट गरिएको हो ।
जम्मा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन् । कुल आबेदनमध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ ।
यसैगरी ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको थियो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५।३५ गुण बढी हो । यसअघि शुक्रबार प्रिअलटमेन्ट गरिएको थियो । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।







