April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

२०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ८९ हजार ८००

काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको