April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, आज साताको तेस्रो दिन धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक ऐक्सचेन्ज परिसूचक २६८३.६० बिन्दुबाट सुरु भएको शेयर कारोबार २६१.२९ बिन्दुमा रोकिएको हो ।

यसैगरी शेयर कारोबार नेप्से परिसूचक २.६१ प्रतिशतले घटेको हो । नेप्से परिसुचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको हो । नेप्से परिसूचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ ।

कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूह मध्ये सबै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै बैकिङ १.८९ , ट्रेडिङ २.६३, होटल तथा पर्यटन ०.७८, बिकाश बैंक ३.१५, हाईड्रो पावर ४.७४, फाइनान्स ७.३७, नन लाईफ ईन्स्योरेनस २.७८, उत्पादन १.४, अन्य १.८४, माईक्रोफाइनान्स २.२३, जिवन बीमा २.९ , म्युचल फण्ड १.१६, इन्भेष्टमेन्ट ३.९३ प्रतिशतले घटेको छ ।

शीर्ष समाचार

धेरै पढिएको