April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

११४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, सोमबार शेयर मापन नेप्से परिसूचक ११४ अंकले घटेको छ । शेयर बजारमा उतारचढाव हुँदा नेप्से घटेर २६ सय ९८.०२ अंकमा घटेको हो ।

नेपाल्ल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन गत बिहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मूल्यमा खरिदबिक्री भएको थियो । सो दिन नेप्से परिसूचक ७६.६५ अंकले घटे पनि कारोबार रकम भने बढेको थियो ।

यसैबीच आज ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि १९.५१ अंकले घटेर ५०६.२७ अंकमा अडेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । जीवन विमाको परिसूचक सर्वाधिक ८००.०६ अंकले घटेको छ ।

निर्जीव विमाको ६१४.२१ अंक, विकास बैंकको ३३२.३८, जलविद्युतको २२०.२९, होटल एन्ड टुरिजमको १५८.१३, व्यापारको १५६.९८, साना लघुवित्तको १६२.३२, बैंकिङको ५१.४५ अंकले घटेको हो। बाँकी अन्य समूहको परिसूचक पनि ओरालो लागेको छ।

शीर्ष समाचार

धेरै पढिएको