March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

४० अंकले घट्यो नेप्से

काठमाडौं, पछिल्लो केही दिन यता शेयर बजारमा घट्ने क्रम जारी छ । आज साताको चौथो दिन बुधबार नेप्से ४० दशमलव २६ अंकले घटेर १८ सय ८९ दशमलव ०३ विन्दुमा रोकिएको हो ।

यसैगरी सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव १६ अंकले घटेर ५ सय ३८ दशमलव ५० बिन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२२ कम्पनीको ७५ हजार ८ सय ९५ पटक कारोबार भएर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको १ करोड ५५ लाख ७ हजार ८६६ कित्ता शेयर किनबेच भएको हो ।