
काठमाडौं, पछिल्लो केही दिन यता शेयर बजारमा घट्ने क्रम जारी छ । आज साताको चौथो दिन बुधबार नेप्से ४० दशमलव २६ अंकले घटेर १८ सय ८९ दशमलव ०३ विन्दुमा रोकिएको हो ।
यसैगरी सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव १६ अंकले घटेर ५ सय ३८ दशमलव ५० बिन्दुमा थामिएको हो ।
नेप्सेको अनुसार आज २२२ कम्पनीको ७५ हजार ८ सय ९५ पटक कारोबार भएर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको १ करोड ५५ लाख ७ हजार ८६६ कित्ता शेयर किनबेच भएको हो ।







