
काठमाडौं, शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।
एमाले सांसदको अवरोधकाबीच आजको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो ।
उक्त विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।







