
काठमाडौं, आर्थिक वर्ष २०७६/७७ मा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु देखिएको छ । शुक्रबार महालेखापरीक्षकले कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले उक्त बेरुजु देखाएको हो ।
यो ०.१३ प्रतिशत तथा ५३ करोडले बढेको हो भने आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड थियो । कार्यलयले आज प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति कार्यालयमा बुझाएको हो ।







