
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
यसदिन छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







