June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

सेयरबजार फेरि उच्च विन्दुमा, मंगलवार ५३ अंकले वृद्धि

काठमाडौं, सेयरबजार मंगलवार फेरि उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ७.४७ अंकले बढेको छ भने आजको कारोबारमा २ सय १८ कम्पनी सामेल भएका छन् ।

आज १ लाख ४९ हजार ७ सय ८ पटकको किनबेचमा १६ अर्ब ९५ करोड १२ लाख लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ । आज साढे ३ लाख बढी कित्ता सेयर बिक्री भएका छन् ।

कारोबारमा आज १३ मध्ये होटल र पर्यटन, माइक्रोफाइनान्स र लगानीबाहेकका समूहको सूचक हरियो छन् ।

सर्वाधिक कारोबारमा पुनर्बीमा कम्पनीले आफ्नो दबदबा कायमै राखेको छ भने कम्पनीको एक अर्ब बढीको सेयर किनबेच भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको