
काठमाडौं, आज साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य ह्वातै घटेको छ । शुक्रवार सुनको मुल्य प्रतितोला १५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँ पुगेको हो ।







