
काठमाडौं, बुधवार नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको मुल्य नै आज कायम भएको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







