October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, मंगलवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज २१६ कम्पनीको ९८ हजार ६०७ पटक कारोबार भएर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खदिर विक्रि भएको छ ।

आज बजार घटेपनि केही कम्पनीको शेयरमुल्यमा भने बृद्धि भएको छ । आज घटेको बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको भएको छ ।

सो कम्पनीको प्रतिकित्ता १६ सय ३१ रुपैयाँ शेयरमुल्य कायम भई ५७ करोड ८ लाख बढीको कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको प्रतिकित्ता ४३३ रुपैयाँ शेयरमुल्य कायम भई ३० करोड ३३ लाख बढीको कारोबार भएको छ ।

राधे विद्युत कम्पनीको २३ करोड ३५ लाख बढीको आज कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको