October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अर्थमन्त्री पौडेलले अपराह्न ४ बजे बजेट सार्वजनिक गर्दै

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने भएको हो ।

सरकारले अध्यादेशबाट आगामी आवका लागि पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ भने अहिले बजेटलाई अन्तिम रूप दिने काम भइरहेको छ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् ।

शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित गरेको छ । बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ ।बैठकले आर्थिक वर्ष ७८/७९ को बजेट अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको