October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

नेपालीको प्रतिव्यक्ति आय ११९६ अमेरिकी डलर

काठमाडौं, सरकारले आज आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ । शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन् । 

अर्थतन्त्र राम्रो भए पनि आर्थिक वृद्धिदरको लक्ष्य भेट्न मुस्किल भएको बताउँदै विश्वव्यापी महामारीको कोभिड-१९ का कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको अर्थमन्त्री पाैडेलले भनाइ छ ।

नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ पुग्ने अनुमान गरिएको छ । कुल राष्ट्रिय उत्पादनका नेपालीको प्रतिव्यक्ति आय ११ सय ९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो । 

यस्तै अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ पुग्ने अनुमान गरेका हुन् । प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४ सय ८६ डलर पुगेको बताएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको