October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत तर ४.१ प्रतिशत बृद्धि हुन पनि कठिन

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन् ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । 

यस्तै अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन ।

शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा बोल्दै उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन  सबै राम्रो अवस्थामा रहेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको