October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

७०० रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको हो ।

यसदिन छापावाला सुनको मुल्य ९४ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य पछिल्ला केही महिना यताकै अधिक हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ । 

यस्तै चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।