
काठमाडौं, सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार भक्तपुर क्यान्सर अस्पताल रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रु ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताल रु एक करोड ५५ लाख, जिरी अस्पताल रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख, बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको हो ।
यसैगरी डोटी अस्पतालक रु ८० लाख, अछाम अस्पताल रु ७५ लाख, सोलुखुम्बु अस्पतालरु ७५ लाख, खोटाङ अस्पताल रु ७५ लाख, ताप्लेजुङ अस्पताल रु ७५ लाख, सूर्य विनायक अस्पताल रु ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रु एक करोड ५५ लाख प्रदान गरिएको छ ।
यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।







