
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







