April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

अब मध्य भोटेकोशीको आईपीओ आवेदन आइएमई पेबाट दिन सकिने

काठमाडौं, आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।

नेपालमा दोस्रो भेरियन्टको कोरोना संक्रमण तिव्र गति बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बुधबारबाट आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका डिम्याट खाता बाहक बासिन्दाहरूले आइएमई पेमार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यवस्था गरिने आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको