May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ बिक्री खुला

  • 11
    Shares

सिन्धुपाल्चोक, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जाफ री गरेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ ।
आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ ।

कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशतको १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने जनाइएको छ ।

यसैगरी बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

यस्तै मध्य भोटेकाशीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको