
काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।







