
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यसमहासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँ कायम भएको छ ।







