
काठमाडौं, नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार
निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको हो ।
उनले भने, “अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ । बिहीबारदेखि प्रमुख शहरमा कारोबार हुँदैन, त्यसैले आयात रोक्ने निर्णय गर्यौं ।” निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ ।







