
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनको मुल्य प्रतितोला एक रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा आज सामान्य मूल्य वृद्धि भएको छ । चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







