April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपाल भित्रियो एक खर्ब ८३ अर्बको वैदेशिक लगानी

काठमाडौं, नेपालमा हासम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ ।

मुलुकमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सबैभन्दा धेरै भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्ट्स एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपालमा आएको राष्ट्र बैंकले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको