
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहिवार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भई प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।







