
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो ।
मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँम कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार प्रति तोला एक हजार ३१० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।







