April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको