
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार २९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।







