November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

काठमाडौं, रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको हो ।

उक्त सेयर ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले पाएका छन । बाँडफाँड गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको बताइएको छ ।

आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/बाट रिजल्ट हेर्न सकिन्छ । यस्तै बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको